१ असार २०८३, सोमबार

टेबलटेनिसकी च्याम्पियन नविता टोयोटाको सद्भावना दूत

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन । टेबलटेनिसमा लगातार नौं पटकसम्म राष्ट्रिय च्याम्पियन बनेकी नविता श्रेष्ठ टोयोटा नेपालको विश्वव्यापी सद्भावना दूत नियुक्त हुनुभएको छ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठको उपस्थितिमा मंगलबार नेपालमा टोयोटा मोटरको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटिएस)का निर्देशक सुर्यान्स वैद्य र नविताले एक कार्यक्रमबीच सम्झौता गर्नुभयो । सम्झौता एक वर्षको रहेको छ । सम्झौता अनुसार नविताले टोयोटाका विभिन्न जनचेतना जगाउने कार्यक्रममा साथ दिनुहुनेछ ।

निर्देशक वैद्यले टोयोटाको विश्वव्यापी पहल ‘स्टार्ट योर इम्पोसिबल’को अवधारणा अनुरुप नवितासँग सहकार्य गरेको जानकारी दिनुभयो ।

नविताले टोयोटाले आफूलाई सद्भावना दूत नियुक्त गरेकोमा गौरवान्वित भएको बताउँदै आफूले टोयोटासँग मिलेर महिला सशक्तीकरणमा काम गर्ने बताउनुभयो ।

एनओसीका अध्यक्ष श्रेष्ठले टोयोटा ओलम्पिकको विश्वव्यापी साझेदार भएकोले यस सम्झौतामा एनओसीको मध्यस्थकर्ता भूमिका रहेको जानकारी दिँदै यो साझेदारीले नेपाली खेलकुद तथा खेलाडीहरुमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।