११ असार २०८३, बिहिबार

एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक १८ गतेसम्मका लागि स्थगित

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । प्रतिनिधिसभाको बैठक यही फागुन १८ गतेसम्मका लागि स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि बैठक १८ गतेसम्मका लागि स्थगित गरिएको हो । विवादास्पद मन्त्रीहरू र प्रतिपक्षी दलहरूले उठाएका विषयको जवाफ सरकारले दिनुपर्ने माग गर्दै एमालेले बैठक सुरू भएलगत्तै नाराबाजी सुरू गरेको थियो ।

सभामुख देवराज घिमिरेले महत्त्वपूर्ण कार्यसूची भएकाले अवरोध नगर्न बारम्बार आग्रह गर्नुभएको थियो । तर, नाराबाजी नरोकिएपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको थियो ।

पुन: बसेको बैठकमा सभामुख घिमिरेले विवादित मन्त्रीबारे अर्को बैठकमा जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको थियो । त्यसपछि सभामुख घिमिरेले बैठक फागुन १८ गतेसम्मका लागि स्थागित गर्नुभएको हो ।

आजको बैठकमा सरकारले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्ने कार्यसूची रहेको थियो ।