सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

प्रवासी नेपाली मञ्च थेगु क्षेत्रीय कमिटीको अध्यक्षमा रोकाया

दैनिक नेपाल २०८० फागुन १४ गते ११:१७

काठमाडौं, १४ फागुन । नेकपा (एमाले)को प्रवासी संगठन प्रवासी नेपाली मञ्च दक्षिण कोरिया राष्ट्रिय कमिटी अन्तर्गत थेगु क्षेत्रीय कमिटीको अध्यक्षमा प्रदीप रोकाया चयन हुनुभएको छ ।

आइतबार प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको प्रमुख आतिथ्यतामा सम्पन्न पाँचौं अधिवेशनले रोकायाको नेतृत्वमा १२ सदस्सीय कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा पासाङ शेर्पा, सचिवमा छोनम लामा, उपसचिवद्वयमा विक्रम थापा र मिलन लामा राना चयन हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा मिङमा लामा, ब्रेन्जल राई, सागर न्यौपाने, गणेश कंडेल, सुरज पुरी, सामु गिरी र गणेश रानाभट चयन हुनुभएको छ ।

प्रवासी नेपाली मञ्च, पूर्वी-एसिया महादेश कमिटीका संयोजक मोहन रायमाझीले मञ्चको नवनिर्वाचित थेगु क्षेत्रीय कमिटीलाई बधाई तथा शुभकामना दिनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित