४ श्रावण २०८३, सोमबार

प्रवासी नेपाली मञ्च मलेसियाको पेनाङ राज्य कमिटीको अध्यक्षमा वली

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । नेकपा (एमाले)को प्रवासी संगठन प्रवासी नेपाली मञ्च मलेसियाको पेनाङ राज्य कमिटी पुनर्गठन भएको छ ।

आइतबार बसेको कमिटीको नियमित बैठकले पूर्ण वलीको नेतृत्वमा १३ सदस्य राज्य कमिटी पुनर्गठन गरिएको प्रवासी नेपाली मञ्च मलेसियाका सचिव कृष्णबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार कमिटीको उपाध्यक्षमा उपाध्यक्ष शालिकराम भट्ट, सचिवमा निराजन देवकोटा, सहसचिवद्वयमा मनिष महतो र मनोज घिमिरे चयन हुनुभएको छ ।

यसैगरी कमिटीको सदस्यहरुमा ज्ञानीमाया वाईवा, मनिषा भोलन, जमुना कुमाल, लिला कुमाल, विनोद गहतराज, ईश्वर पोखरेल, रामप्रसाद जैशी र बद्री दाहाल रहनुभएको छ ।

कार्यक्रममा नवगठिन कार्यसमितलाई प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमालले बधाई तथा शुभकामना दिनुभएको थियो ।