३२ असार २०८३, बिहिबार

इटालिएन सिरी ए फुटबलमा इन्टर मिलानको शानदार जित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । इटालिएन सिरी ए फुटबलमा शीर्ष स्थानको इन्टर मिलानले शानदार जित निकालेको छ । मिलानले आइतबार राति भएको खेलमा लेसीलाई ४–० गोल अन्तरले पराजित गर्दै तालिकामा ३ अंक थपेको हो ।

शीर्ष स्थानमा रहेको इन्टरले दोस्रो स्थानको युभेन्टसलाई ९ अंकले पछि पारेको छ । युभेन्टस भन्दा एक खेल कम खेलेको इन्टरको ६६ अंक रहेको छ भने २६ खेलबाट युभेन्टसको ५७ अंक रहेको छ ।

आइतबार रातिको खेलमा इन्टरलाई जिताउन लाउटारो मार्टिनेले खेलको १५ औं र ५६ औं मिनेटमा गरेर दुई गोल गरे । यस्तै, डेभाइड फ्राटेसीले ५४ औं तथा स्टेफन डी भ्रिजले ६७ औं मिनेटमा एक एक गोल थपेका थिए । इटरसँग पराजित भएको लिसे भने १४ औं स्थानमा छ ।

सिरी ए कै अर्को खेलमा दोस्रो स्थानमा रहेको युभेन्टसले फ्रोसनोनमाथि ३–२ को कठिन जित निकाल्दा तेस्रो स्थानको एसी मिलान र पाँचौं स्थानको एटलान्टाले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । यस्तै, नापोली र काग्लीअरीले पनि बराबरी खेल्दै अंक बाँडेका थिए ।