२७ असार २०८३, शनिबार

इंग्लिस फुटबल लिग कपको उपाधि लिभरपुललाई

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । इंग्लिस फुटबल लिग कपको उपाधि लिभरपुलले जितेको छ । लिभरपुलको यो कीर्तिमानी १०औं लिग कप उपाधि समेत हो ।

आइतबार राति भएको फाइनलमा लिभरपुलले अतिरिक्त समयमा एकमात्र गोल गर्दै चेल्सीलाई हराएर उपाधि जितेको हो । चोटका कारण पहिलो रोजाइका धेरै खेलाडी विनै मैदान उत्रिएको लिभरपुलले उपाधि जित्ने गोल गर्न भने अतिरिक्त समयको पनि अन्तिम मिनेट कुर्नु परेको थियो ।

निर्धारित समय गोलरहित बराबरीमा भएपछि खेल अतिरिक्त समयमा गएको थियो । जसमा कप्तान भर्जील भ्इान डाइकले निर्धारित समय सकिन दुई मिनेट बाँकी रहेका बेला गोल गरेका थिए । खेलको ११८ औं मिनेटमा कोन्सटान्टिनोस सिमिकासले प्रहार गरेको कर्नर किकलाई डाइकले हेडर गोलमा परिणत गरेका हुन् ।