
काठमाडौं, १३ फागुन । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको सिरिजको अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ ।
नेपालका कुशल मल्ल २ रनमा आउट भएका हुन् ।
यसअघि नेपालका आसिफ शेख १७ रन र अनिलकुमार साह ७ रनमा आउट भएका थिए ।
किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट खेल मैदानमा जारी खेलमा नेपालले १४ ओभरमा तीन विकेटको क्षतिमा ५८ रन जोडेको छ ।
(यसअघि कुशल मल्ल हुनुपर्नेमा अन्यथा भएकोमा सच्चाइएको छ ।)








प्रतिक्रिया