२ असार २०८३, मंगलबार

नेदरल्यान्ड्सविरूद्ध पहिले ब्याटिङ गर्दै नेपाल, २ खेलाडी परिवर्तन

4.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ फागुन । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको सिरिजको अन्तिम खेलमा नेदरल्यान्ड्सले टस जितेर पहिले बलिङ गर्ने भएको छ ।

किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा नेदरल्यान्ड्सले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।

आजको खेलमा नेपालले २ खेलाडी परिवर्तन गरेको छ । नेपालले सोमपाल कामी र देव खनालको स्थानमा आरिफ शेख र गुल्सन झालाई टिममा समावेश गरेको छ ।

यस सिरिजमा नामिबियाले आफ्ना चार खेलमा ३ जितसहित ६ अंक हासिल गरेको छ भने त्यस्तै लिग–२ को पहिलो सिरिज पनि जितेको छ । त्यसैगरी नेदरल्यान्ड्सको ३ खेलमा २ अंक रहेको छ भने नेपालको पनि ३ खेलमा २ अंक रहेको छ ।

नेपाल र नेदरल्यान्ड्सबीच अहिलेसम्म केवल चार एकदिवसीय खेल भएका छन् । जसमा नेदरल्यान्ड्सले २ तथा नेपालले २ खेल जितेको छ । नेपालले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल नेदरल्याण्डससँग नै २०१८ को अगस्त १ मा खेलेको थियो ।

नेपाली टोली:

रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, करण केसी, गुल्सन झा, ललित राजवंशी