
काठमाडौं, १३ फागुन । नेपालले आज आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको सिरिजको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग खेल्दै छ ।
त्रिभुवन विश्वविद्यालय, किर्तिपुरस्थित मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहान ९ः३० बजेदेखि सुरु हुनेछ ।
यस सिरिजमा नामिबियाले आफ्ना चार खेलमा ३ जितसहित ६ अंक हासिल गरेको छ भने त्यस्तै लिग–२ को पहिलो सिरिज पनि जितेको छ ।
त्यसैगरी नेदरल्यान्ड्सको ३ खेलमा २ अंक रहेको छ भने नेपालको पनि ३ खेलमा २ अंक रहेको छ ।
नेपाल र नेदरल्यान्ड्सबीच अहिलेसम्म केवल चार एकदिवसीय खेल भएका छन् । जसमा नेदरल्यान्ड्सले २ तथा नेपालले २ खेल जितेको छ । नेपालले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल नेदरल्याण्डससँग नै २०१८ को अगस्त १ मा खेलेको थियो ।
नेपाल क्रिकेट संघ (क्यान)ले यस सिरिजका लागि रोहित पौडेल (कप्तान), आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ रहेको टिम खेलाएको छ ।
लिग–२ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्यान्ड्स, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् ।
आइसीसीका अनुसार लिग९२ मा शीर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडी रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् ।















प्रतिक्रिया