१ श्रावण २०८३, शुक्रबार

दोस्रो उपत्यकाव्यापी कराते आजदेखि

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । दोश्रो उपत्यकाव्यापी कराते प्रतियोगिता शनिबारदेखि आयोजना हुने भएको छ ।

प्रयागपोखरी डोजोका आयोजनामा ललितपुरमा आजदेखि सुरु हुने प्रतियोगितामा पुरुष/महिलाको एकल कातासहित समान १०–१० गरी २० स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक डोजोका प्रशिक्षक विकास महर्जनले जानकारी दिनुभयो ।

प्रतियोगितामा करिब ४ सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । दुईदिने प्रतियोगिताका खेलहरु ललितपुरको मंगलबजारमा हुनेछ ।

२०६७ सालमा पहिलो संस्करण भएपछि यो वर्ष उपत्यकाव्यापी करातेको दोस्रो संस्करण हुन लागेको हो ।