२४ जेष्ठ २०८३, आइतबार

वुमेन्स प्रिमियर लिग : मुम्बई इन्डियन्सको विजयी सुरुआत

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । वुमेन्स प्रिमियर लिग (डब्ल्यूसीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले विजयी सुरुआत गरेको छ ।

शुक्रबार राति भएको खेलमा मुम्बईले दिल्ली क्यापिटल्स वुमनलाई ४ विकेटले पराजित गरेको हो ।

बैंग्लोरमा भएको खेलमा दिल्लीले पहिला ब्याटिङ गर्दै ५ विकेट गुमाएर १७१ रन बनाएको थियो । जवाफमा मुम्बईले ६ विकेटको क्षतिमा १७३ रन बनाउँदै ४ विकेटको जित दर्ता गरेको हो ।

दिल्लीका लागि पहिला ब्याटिङ गर्दै एलेस केप्सेले ५३ बलमा ७५ रनको धुवाँधार पारि खेलिन् । उनले तीन छक्का र आठ चौका प्रहार गरिन् । यसैगरी जेमिमा रोड्रिगेसले २४ बलमा ४२ रन बनाउँदा दुई छक्का र पाँच चौका हिर्काएकी थिइन् । कप्तान मेग लेनिङले ३१ रन बनाउँदा मरिजान केपले १६ रनको पारि खेलिन् ।

दिल्लीका लागि नाट सेभर र अमेलिया केरले समान दुई/दुई विकेट लिए ।

जवाफमा सुरुआत खराब गरेको मुम्बईले कप्तान हरमनप्रित कौर र यास्तिका भाटियाले अर्धशतकीय पारि खेल्दै जित दिलाए । भाटियाले ४५ बलमा ५७ रनको पारि खेल्दै दुई छक्का र ८ चौका प्रहार गरिन् ।

यस्तै कप्ता कौरले ३४ बलमा ५५ रनको पारि खेल्दै एक छक्का र ७ चौका हिर्काइन् भने अमेलिया केरले १८ बलमा २४ रन बनाइन् । नाट सेभरले १९ रन जोडेकी थिइन् । अन्त्यमा सजिवन सजनाले अन्तिम एक बलमा छक्का प्रहार गरेपछि मुम्बईले जित निकाल्न सफल भयो ।

दिल्लीका लागि अरुणधति रेड्डी र एलिस केप्सीले दुई/दुई विकेट लिए ।