३० जेष्ठ २०८३, शनिबार

वाफ महिला च्याम्पियनसिप : नेपाल र प्यालेस्टाइन भिड्दै

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । साउदी अरेबियामा जारी पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज प्यालेस्टाइनसँग खेल्दै छ ।

नेपाल र प्यालेस्टाइन यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका छन् । प्यालेस्टाइनले आफ्नो दोस्रो खेलमा सिरियालाई पराजित गरेसँगै समूह ‘बी’ बाट नेपाल र प्यालेस्टाइनले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

अब समूह चरणको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनको सामना गर्ने छ भने सिरियाले इराकको सामना गर्ने छ । यो खेलपछि समूह विजेता र उपविजेताको टुंगो लाग्ने छ ।

त्यसैगरी समूह ‘ए’ बाट पनि सेमिफाइनलमा पुग्ने देशको टुंगो लागेको छ । समूह ‘ए’ बाट जोर्डन र लेबनान सेमिफाइनलमा पुगेका छन् ।