
काठमाडौं, ११ फागुन । आइसीसी विश्व कप लिग टू क्रिकेटमा आज नामिबिया र नेदरल्यान्ड्स भिड्दै छन् ।
नामिबिया र नेदरल्यान्ड्सबीचको खेल आज बिहान साढे ९ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुने छ । तर, काठमाडौंमा बिहीबार अपरान्ह पानी परेकाले खेल ढिला गरी सुरु हुन सक्ने सम्भावना रहेको छ ।
लिग २ मा नामिबिया नेदरल्यान्ड्ससँग पहिलो खेलमा पराजित भएको थियो भने नेपालविरुद्ध भने दुवै खेल जित्दै शीर्ष स्थानमा रहेको छ ।
नेदरल्यान्ड्स नेपालसँग पराजित भएको थियो भने नामिबियालाई पराजित गरेको थियो ।
विश्वकप लिग टूमा ८ टिमले प्रतिस्पर्धा गरेका छन् । जसको शीर्ष चारमा पर्ने टिमले विश्वकपको ग्लोबल क्वालीफायरमा प्रतिस्पर्धा गर्ने छन् ।
आइसीसीका अनुसार लिग–२ मा शीर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडी रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् ।
आजको खेलपछि सिरिजको अन्तिम खेलमा आइतबार नेपालले नेदरल्यान्ड्सको सामना गर्ने तालिका रहेको छ ।








प्रतिक्रिया