
काठमाडौं, ११ फागुन । बार्सिलोना र ब्राजिलका पूर्व स्टार खेलाडी डानी आल्भेसलाई बलात्कारको आरोपमा साढे ४ वर्षको जेल सजाय भएको छ । ४० वर्षीय आल्भेसलाई बिहीबार बार्सिलोनास्थित अदालतले साढे ४ वर्षको जेल सजाय सुनाएको हो ।
आल्भेस स्पेनको नाइट क्लबमा एक महिलालाई बलात्कारको आरोप लागेपछि २०२३ को जनवरी देखि हिरासतमा रहेका छन् ।
आल्भेसले सहमतिमै यौन सम्पर्क राखेको दाबी गरेपनि २३ वर्षीय महिलाले ३१ डिसेम्बर २०२२ मा नाइट क्लबमा आल्भेजले आफूलाई बलात्कार गरेको आरोप लगाउँदै उजुरी गरेकी थिइन् ।
अदालतले सजायका अलावा एक लाख ५० हजार युरो पिडितलाई क्षतिपुर्ति दिन समेत आदेश दिएको छ । आल्भेसका वकिलहरुले भने आफूहरुले फैसलाको बार्सिलोना अदालतमा अपिल गर्ने बताएका छन् ।









प्रतिक्रिया