१ श्रावण २०८३, शुक्रबार

राष्ट्रिय खेलाडीहरुको उपस्थितिमा कान्तिपुर स्कुलको खेलकुद सप्ताह सम्पन्न

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन । धुम्बाराहीस्थित कान्तिपुर इङ्लिस हाईस्कुल (केईएचएस)मा खेलकुद सप्ताह सम्पन्न भएको छ । चार दशकअघि स्थापना भएको केईएचएसले विभिन्न खेलकुद कार्यक्रमको आयोजना गर्दै खेलकुद सप्ताह सम्पन्न गरेको हो ।

नेपाली खेलकुदमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका खेलाडी तथा प्रशिक्षकहरुको उपस्थितिमा स्कुलले वार्षिक कार्यतालिका अनुसार कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा विद्यालयका खेलाडीहरुले बास्केटबल, फुट्सल, कराँते लगायतका खेल कौशल प्रस्तुत गरेका थिए ।

बास्केटबल प्रतियोगितामा  राष्ट्रिय महिला टिमका खेलाडीहरु गिरासा सिलवाल र मिना गुरुङको उपस्थिति रहेको थियो । त्यस्तै, फुट्सल प्रतियोगितामा नेपाली राष्ट्रिय टिमका पूर्व मिडफिल्डर भोला सिलवाल उपस्थित भएका थिए ।

उपस्थित पाहुनाहरुले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विजेता खेलाडीहरुलाई बधाई ज्ञापन गर्दै पुरस्कृत गरेका थिए ।

कार्यक्रमबारे प्रतिक्रिया दिँदै स्कुलकी प्रिन्सिपल सुभद्रा श्रेष्ठले खेलप्रेमी विद्यार्थीहरुलाई स्कुलले उपयुक्त वातावरण दिनुपर्ने मान्यता राख्दै आफूहरु अघि बढिरहेको बताउनुभयो । गुणस्तरिय शिक्षासँगै स्कुलले अतिरिक्त क्रियाकलापहरुलाई निरन्तरता दिइरहने बताउनुभयो ।