३० जेष्ठ २०८३, शनिबार

दशरथचन्द र जयपृथ्वी राजमार्गमा हिमपात

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, ११ फागुन । बैतडीसित जोडिएको दशरथचन्द र जयपृथ्वी राजमार्गमा हिमपात भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक नन्दराज जोशीका अनुसार ती राजमार्गमा बिहीबार दिउँसोदेखि हिमपात भएको हो । राजमार्ग अन्तर्गतका खोडपे, अनारखोली, हरिचन, दुदिलाखान, ढोल्यामोड, बित्थडलगायत स्थानमा हिमपात भएको छ । हिमपातका कारण केहिबेर ती राजमार्गमा यातायात सेवा अवरुद्ध भएको थियो ।

यसैबीच हिमपात भएसँगै बालीनाली सप्रिने भन्दै यहाँका किसान खुसी भएका छन् । हिमपातपछि चिसो भने ह्वात्तै बढेको छ । बैतडीमा यस वर्ष दोस्रो पटक हिमपात भएको हो । यसअघि गत माघ तेस्रो साता हिमपात भएको थियो ।