७ असार २०८३, आइतबार

नेपाल ‘ए’ ले क्यानडालाई दियो एक सय ८२ रनको चुनौती

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन । एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ए ले क्यानडालाई जितका लागि एक सय ८२ रनको लक्ष्य दिएको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४७ ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनको योगफल बनायो । नेपालका लागि आशुतोष घिरैयाले सर्वाधिक २८ रनको योगदान दिए । उहाँले ४३ बलमा पाँच चौकाको सहायताले २८ रन बनाउनुभयो।

त्यसैगरी अर्जुन कुमालले २७ बनाउँदा बसिर अहमदले २५ तथा कप्तान सन्दीप जोराले २४ रन बनाउनुभयो । सुजन थपलियाले २० तथा रासिद खान र प्रतिश जिसीले १९ रन बनाउनुभयो ।

क्यानडाका लागि डिलोन हेलिगर, निकोलस किर्तन र हर्ष थाकरले समान दुई/दुई विकेट लिए भने कप्तान साद बिन जफर र कलिम सानाले सामन एक/एक विकेट लिनुभयो ।

आजको विजेताले जारी शृङ्खलामाथि कब्जा जमाउनेछ । तीन खेलको उक्त प्रतियोगितामा हाल दुवै टोलीले एक/एक खेल जितका छन् । नेपाल पहिलो खेलमा चार विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा दुई विकेटको जित हासिल गरेको थियो ।