१० असार २०८३, बुधबार

प्रतिपक्षको कुरा नसुने संसद र सडक अवरुद्ध हुन्छ : विराजभक्त श्रेष्ठ

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सरकारले प्रतिपक्षको कुरा नसुन्ने हो भने संसद अवरुद्ध हुने चेतावनी दिनुभएको छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा उहाँले सरकारले सदनको कुरा नसुन्ने हो भने सदन मात्रै होइन सडक पनि अवरुद्ध हुने भन्दै सरकारले प्रतिपक्षले सदन चल्न दिएन भनेर दोष लगाउन नपाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारलाई चेतावनी पनि दिन चाहन्छु, यसरी प्रतिपक्षलाई नसुन्दै जाने हो भने संसद अवरुद्ध पनि हुन्छ । आन्दोलन पनि हुन्छ । तर सरकारले प्रतिपक्षले सदन चल्न दिएन भनेर दोष लगाउन पाउने छैन् । यसरी नै सरकारले अन्सुना गर्ने हो भने सदन मात्रै होइन सडक पनि अवरुद्ध हुन्छ । यसको साथै मिटर ब्याजीको पनि उत्तिकै कुरा उठेको छ यस्तो कुराहरुको समाधान छिटोभन्दा छिटो भएन भने हामी प्रतिपक्षको तर्फबाट जे पनि गर्न सक्छौ ।’

यस्तै, उहाँले बालकुमारी घटनाबारे शंकाको सुविधा दिँदा पनि प्रधानमन्त्रीले केही नगरेको भन्दै संसदप्रति सरकार जवाफदेही नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बालकुमारी घटनाको बारेमा हामीले शंकाको सुविधा दिएर प्रधानमन्त्रीले प्रतिवेदन पढ्नुहुन्छ र केही गर्नहुन्छ भन्ने अपेक्षा गरिएको थियो । अझसम्म केही भएको छैन् । त्यो प्रतिवेदनको उहाँको अध्ययन कहाँ पुग्यो ? तीन दिन भईसकेको छ त्यो प्रतिवेदन के भयो ? यो दण्डहिनताको पराकाष्ट हो, संसदप्रति नै सरकार जवाफदेही हुदैँन भने मुलुकले कस्तो, नेतृत्व पाइरहेको छ । प्रतिवेदन कति लामो छ, पढ्न गार्हो लागेको भए यहाँ हामी बाचन गरेर सुनाईदिन्छौ ।’