बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

कोशी प्रदेश सरकार र पहिचानवादीबीच तीन बुँदे सहमति

दैनिक नेपाल २०८० फागुन १० गते ९:२३

विराटनगर, १० फागुन । कोशी प्रदेश सरकारको वार्ता टोली र प्रदेश १ पुनः नामकरण संघर्ष समितिबीच तीन बुँदे सहमति भएको छ ।

विराटनगरमा भएको वार्ताका क्रममा बुधबार साँझ दुई पक्षबीच सहमति भएको हो ।

सरकारी वार्ता टोली र प्रदेश १ पुनः नामकरण संघर्ष समितिबीच भएको दोस्रो चरणको वार्तामा तीन बुँदे सहमति भएको हो ।

प्रदेशको पुनः नामकरण प्रक्रिया अघि बढाउन सरकार र आन्दोलनरत पक्ष दुबैले कसरत गरेर निष्कर्षको चरणमा पुर्‍याउन पहल गर्ने सहमति भएको छ ।

वार्ताका क्रममा सरकारका तर्फबाट यसअघिको वार्तामा भएको सहमतिको बुँदा ३ र ४ कार्यान्वयन प्रक्रिया अघि बढेको प्रगति विवरण प्रस्तुत गरिएको थियो ।

ती विषयप्रति दुवै पक्षबाट सकारात्मक गरी फागुन मसान्तभित्र कार्यान्वयन गर्ने र पहिचानको आन्दोलनको क्रममा लागेका मुद्दाहरु फिर्ता लिने सम्वन्धमा अदालतहरुमा विचाराधीन मुद्दाहरुको विवरण र घाइतेहरुको उपचार खर्चको विवरण संकलन गरी पेश गर्ने सहमति पनि भएको छ ।

यसका लागि सरकारी पक्षवाट २ जना र आन्दोलनरत पक्षवाट २ जना रहने गरी कार्यदल गठन गर्ने सहमति भएको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित