९ असार २०८३, मंगलबार

बारामा बाघले आक्रमण गर्दा दुई जना घाइते

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौं, १० फागुन । बारामा बाघले आक्रमण गर्दा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा रौतहट बौधीमाई नगरपालिका-३ का ३० वर्षीय कृष्ण साह र सोही ठाउँका ३५ वर्षीय राजु साह रहेका छन् ।

बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार उनीहरू मोटरसाइकलमा सवार भएकै अवस्थामा बुधबार अपराह्न बाघले आक्रमण गरेको हो ।

अपराह्न पौने ५ बजे साहद्वय चढेको ना३६प ५०११ नम्बरको मोटरसाइललाई बाघले झम्टेको थियो ।

जीतपुरसिमरा उपमहानगरपालिका-१६ भद्रकालीस्थित पूर्व-पश्चिम राजमार्गमा पथलैयाबाट रोतहटतर्फ जाँदै गरेको मोटरसाइकललाई बाघले झम्टेको हो ।

उनीहरूको सामुदायिक अस्पताल निजगढ बारामा उपचार भइरहेको छ । बाघले झम्टिँदा मोटरसाइकलबाट लडेर दुबै जना घाइते भएका हुन् । चालक कृष्णको खुट्टामा र पछाडि सवार राजुको टाउको, बायाँ र दायाँ हातमा चोट लागेको छ।

राजुलाई बाघले लछारेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताउनुभयो । उक्त क्षेत्रमा बाघले आक्रमण गर्नसक्ने भएकाले आवतजावत नगर्न प्रहरीले सुझाव दिएको छ ।