
टीकापुर, १० फागुन । टीकापुरमा करेन्ट लागेर एक जनाको ज्यान गयाको छ ।
होटेलमा काम गर्दै आएका बर्दियाका ३३ वर्षीय शैलेश भुलको करेन्ट लागेर मृत्यु भएको प्रहरीको भनाइ छ ।
उनलाई बुधबार बिहान करेन्ट लागेको र तुरुन्तै टीकापुर अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी विश्वराज अधिकारीले जानकारी दिनुभयो ।








प्रतिक्रिया