२६ कार्तिक २०८३, बिहिबार

म पनि हिन्दू राष्ट्र पक्षधर हूँ : सभापति देउवा

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले आफू पनि हिन्दू राष्ट्र नेपालको पक्षमा रहेको बताउनुभएको छ । तर अहिले उपयुक्त समय नभैसकेकाले आफू खुलेर समर्थन गर्न असमर्थ भएको पनि सभापति देउवाले स्पष्ट गर्नुभएको छ ।

नेपाली कांग्रेस वैदिक सनातन हिन्दू राष्ट्र पुनस्थापना राष्ट्रिय अभियानका प्रतिनिधिहरुसँग आफ्नै निवासमा छलफल गर्दै सभापति देउवाले यस्तो बताउनुभएको अभियान सम्बध्द सूत्रले बतायो । सभापति देउवाको भनाई उदृत गर्दै सूत्रले भन्यो, “म पनि हिन्दू राष्ट्रको पक्षधर नै हूँ तर अहिले नै खुलेर समर्थन गर्दा द्वन्द्व हुनसक्छ, फुकेर हिँड्नुपर्ने समय छ । त्यसैले उपयुक्त समय कुर्नुपर्छ ।”

सभापति देउवासँग अभियानका संयोजक शंकर भण्डारी, उपसंयोजकहरु लोकेश ढकाल र देवेन्द्र कँडेल, कोषाध्यक्ष भानुभक्त ढकाल, सदस्यहरु मुक्तादेवी यादव, भीम पराजुली र गेहेन्द्र गिरी सहभागी हुनुहुन्थो ।

अभियानले अहिलेसम्म ९ सय पचास महासमिति सदस्यहरुको समर्थन जुटाईसकेको जनाएको छ । १९ सय पचास दर्ता भएका महासमिति सदस्यहरुको बहुमत समर्थन जुट्ने अभियानको भनाई छ ।