६ असार २०८३, शनिबार

नेपालले नामिबियालाई दियो १६९ रनको लक्ष्य

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले नामिबियालाई १६९ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले ३७.१ ओभरमा अल आउट हुँदै १६८ रन बनाएको हो ।

नेपालका लागि आसिफ सेखले सर्वाधिक ५८ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले ३६, भिम सार्कीले २६ तथा कुशल भुर्तेलले १८ रन बनाएर आउट भएका थिए ।

त्यस्तै दिपेन्द्र सिंह ऐरीले ६, सोमपाल कामीले ५ र करण केसीले १२ रन बनाए । कप्तान रोहित पौडेल, अनिल साह र देव खनाल शुन्यमा आउट भएका थिए ।

त्यसैगरी नामिबियाका बलर बेरनार्ड स्कोल्ज र जान निकोल एटनले ४-४  विकेट लिएका थिए ।