२ असार २०८३, मंगलबार

जप्रपा र तमलोपा नेपालबीच सहकार्यका लागि ५ बुँदे सहमति

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । हृदयेश त्रिपाठीको नेतृत्त्वमा रहेको जनता प्रगतिशील पार्टी  (जप्रपा) नेपाल र वृशेषचन्द्र लाल अध्यक्ष रहेको तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) बीच सहकार्य गर्ने विषयमा ५ बुँदे सहमति भएको छ ।

बुधबार भएको सहमतिको पाँच बुँदामा ‘नेपालको संविधानको रक्षार्थ यसमा समसामयिक संशोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्न, तराई–मधेशका साथै सम्पूर्ण देशमा सुशासन र समृद्धिको लक्ष्य प्राप्ति गर्ने, विद्यमान सबै प्रकारका विभेदको अन्त्य गर्ने, निरन्तर बिग्रदो अर्थतन्त्रमा सुधार तथा देशको कृषि उत्पादनमा वृद्धि र किसानको हितमा क्रियाशील रहन र लाल आयोगको प्रतिवेदन सार्वजनीकरण तथा कार्यान्वयन गराउन’ उल्लेख गरिएको छ ।

उक्त विषयमा सहमत हुन सक्ने लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीलगायतका दलहरुलाई पनि सहकार्यको लागि अनुरोध गरिएको छ ।