२३ जेष्ठ २०८३, शनिबार

सरकारी जग्गा खाली गर्न काठमाडौं महानगरपालिकाको ७ दिने सूचना

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं महानगरपालिकाले वडा नं ४ मा रहेकाे बालुवाटारस्थित ललिता निवास क्षेत्रको सरकारी जग्गा खाली गर्न सुचना जारी गरेको छ ।

आज एक सार्वजनिक सूचना जारी गर्दै ७ दिनभित्र  ललिता निवासकाे जग्गाबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको हाे ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ( १३ स्थानीय तहको सम्पत्तिको संरक्षण सम्बन्धी व्यवस्था अन्तर्गत दफा ९७ (१) ले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मत सम्भार तथा अन्य प्रबन्ध गर्नुपर्ने कानूनी दायित्व महानगरपालिकालाई तोकेको उल्लेख गर्दै जग्गा खाली गर्न आग्रह गरेको हो ।