
काठमाडौं, ९ फागुन । परराष्ट्रमन्त्री नारायण प्रकाश साउद आज नयाँदिल्ली जाँदैहुनुहुन्छ ।
बहुपक्षीय मञ्च ‘रायसिना संवाद’को नवौँ संस्करणमा भाग लिन परराष्ट्रमन्त्री साउद आज नयाँदिल्ली जान लाग्नुभएको हो ।
परराष्ट्रमन्त्री साउदले यही फागुन ११ गते शुक्रबार हुने फोरमको विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ ।
रायसिना संवाद एक बहुपक्षीय मञ्च हो, जसलाई ‘अब्जर्भर रिसर्च फाउन्डेसन’ले भारत सरकारको विदेश मन्त्रालयसँगको सहकार्यमा आयोजनामा सो सम्मेलन गर्दै आएको छ ।








प्रतिक्रिया