२६ जेष्ठ २०८३, मंगलबार

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ९ फागुन । मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । बुढीगंगा गाउँपालिका वडा नम्बर १ मा मंगलबार राति भएको दुर्घटनामा २४ वर्षीय शम्भु माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश १–०२–०४२ प ९८३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर मध्यराति दुर्घटना भएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार माझीको मृत्यु भएको हो ।

मोटरसाइकल चालक २६ वर्षीय राहुल माझी घाइते भएका छन् । उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ ।