शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

१७ पटक गर्भवती भएको नाटक गर्ने इटालियन महिला पक्राउ

दैनिक नेपाल २०८० फागुन ९ गते ९:४५

रोम, ९ फागुन । इटालीमा गर्भवती भएको नाटक गर्दा एक महिलालाई महँगो सावित भएको छ ।

वास्तवमा २४ वर्षभित्र १७ पटकसम्म गर्भवती भएको नाटक गरेको खुले पछि उनी पक्राउ परेकी छिन् । हाल उनी इटलीको जेलमा दिन बिताइरहेकी छिन् ।

समाचार अनुसार कार्यालयको कामबाट बिदा लिन र सरकारबाट सुत्केरी भत्ता लिन महिलाले आफ्ना ५ सन्तान रहेको र १२ वटा गर्भपतन गराएको बताएकी थिइन् ।

ती महिलाको नाम बारबरा हो, जो अहिले ५० वर्षकी भएकी छिन् । यस मामलामा यो भनिएको छ कि उनको गर्भावस्थाका बच्चाहरु मध्ये कुनै पनि सरकारी अभिलेखमा दर्ता गरिएको छैन, न त कुनै अधिकारीले देखेका नै छन् ।

समाचार अनुसार ती महिलाको पार्टनर, डेभिड पिज्जिनाटो, ५५ ले पुलिसलाई स्वीकार गरे कि उनलाई थाहा थियो कि उनी गर्भवती छैनन् भन्ने तर उनले झुटो कुरा बोलिरहे ।

स्थानीय आउटलेट क्लारिनमा उल्लेख भएको समाचार अनुसार न्यायाधीशहरूले डेभिड पिज्जिनाटो अर्थात उनका सहयोगीलाइ निकै ध्यानमा राखेका थिए । अन्ततः उनीहरूले सजायमा यो लेखे कि ती महिलाले सार्वजनिक निकायलाई हानि पुर्‍याउने धोखाधडीको अपराध गरेकी छिन् ।

पिज्जिनाटोले हल्का सजायको बदलामा महिला विरुद्ध उजुरी दिएका थिए र ठगीमा उनको सहयोगीको रूपमा अभियोग लगाइएको छ । उता, महिला भने पाँच सन्तान जन्माएको र धेरै नै पटक गर्भपतन गराएको कुरामा अडिग रहेकी थिइन् ।

यद्यपी, स्थानीय पत्रिका ला रिपब्लिकाका अनुसार क्लेरिनको रिपोर्टलाई आधार मानेर ती महिलालाई ठगीको आरोप लगाइएको छ र उनले अब १ वर्ष ८ महिनाको जेल सजाय भोग्नु पर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित