
काठमाडौं, ९ फागुन । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले नामिबियासँग टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन् ।

आजको खेलमा नेपालले एक खेलाडी परिवर्तन गर्दै गुलशन झाको स्थानमा करण केसीलाई टिममा सामेल गरेको छ ।
यसअघि नेपालले पहिलो खेलमा नामिबियासँग ४ विकेटको हार बेहोरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो ।
त्यस्तै नामिबियाले नेदरल्याण्डससँग हार बेहोरेको थियो ।








प्रतिक्रिया