३१ जेष्ठ २०८३, आइतबार

माओवादीले छोडेको दिन कांग्रेसको कद पुड्को हुन्छ : दीपशिखा

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले माओवादीको काँध चढेर नेपाली कांग्रेसको कद उचो भएको टिप्पणी गर्नुभएको छ ।

ललितपुरको गोदावरीमा जारी कांग्रेस महासमिति बैठकमा माओवादीको बारेमा टीकाटिप्पणी भएपछि उहाँले सामाजिक सञ्जालमा लेख्दै यस्तो टिप्पणी गर्नुभएको हो ।

उहाँले माओवादीले छोडेको दिन कांग्रेसको कद पुड्को हुने उल्लेख गर्नुभएको छ ।

‘गोदावरीतिर चुमुकचुमुक गरिरहेका साथीहरूले बेलैमा बुझुन् । हाम्रो काँध चडेर तिम्रो कद उचो भएको हो । छोडेको दिन पुड्को हुनुपर्छ ।’ उहाँले भन्नुभएको छ ।