३१ जेष्ठ २०८३, आइतबार

नगर स्वास्थ शाखा प्रमुख यादवको हृदयघातको कारण निधन

3.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, ९ फागुन । रौतहटको देवाही गोनाही नगरपालिकाको नगर स्वास्थ्य शाखा प्रमुख मनोज यादवको मंगलबार राति हृदयघातको कारण मृत्यु भएको छ।

गरुडा नगरपालिका जयनगर गाउँ घरभएका ५० वर्षीय स्वास्थ शाखा प्रमुख यादवको गएराति १० बजे हृदयघातबाट आकस्मिक निधन भएको हो । आफ्नो घरमै खाना खाएर सुत्नुअघि छाती दुखेको थियो ।

उपचारको लागि कतै लैजाने तयारी गरिरहेको अवस्थामा उहाँको निधन भएको उहाँका काका नेपाल विधुत प्राधिकरण मौलापुरका प्रमुख दिनेश यादवले बताउनुभएको छ ।

उहाँको शव घरमै रहेको तथा आजै दाहसंस्कार गरिने पीडित परिवारले जनाएको छ । उहाँलाई हृदय सम्बन्धी कहिले कुनै समस्या नदेखिएको प्राधिकरण प्रमुख यादवले जानकारी दिनुभएको छ ।

उहाँको दुई छोरा र एक जना छोरी रहेको बताइएको छ ।