२ असार २०८३, मंगलबार

कांग्रेस महासमिति बैठक : आजदेखि समूहगत छलफल

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी रहने छ ।

गत सोमबारदेखि सुरू भएको महासमिति बैठकमा हिजो पाँचवटा प्रतिवेदन पेश गरिएको थियो । बैठक गोदावरीमा जारी रहने छ ।

महासमिति बैठक दोस्रो दिन पाँच वटा प्रतिवेदन पेश गरिएको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिनुभएको छ । हिजोको बैठकको सुरुमा उपसभापति तथा उपप्रधान तथा रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेश गर्नुभएको थियो भने महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयीक राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ ।

पार्टी प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले पेश गरेको लेखा परीक्षण प्रतिवेदनमाथि आजबाट छलफल सुरू हुनेछ ।

समूहगत रूपमा पाँच प्रतिवेदनमाथि आजबाट छलफल हुने कांग्रेसले जनाएको छ । महासमिति बैठक फागुन १० सम्म जारी रहने छ ।