
काठमाडौं, ९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज सरकारलाई ज्ञापन पत्र बुझाउँदैछ ।
संवैधानिक राजतन्त्र, हिन्दु राष्ट्र र संघीयता खारेजीको माग गर्दै राप्रपाले आज सरकारलाई ज्ञापन पत्र बुझाउन लागेको हो ।
राप्रपा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालसहित देशका सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई विभिन्न माग सहितको ज्ञापनपत्र बुझाउन लागेको हो ।
राप्रपाले सरकारलाई आफना माग राख्दै चरणबद्द आन्दोलनको तयारीमा रहेको छ ।









प्रतिक्रिया