४ असार २०८३, बिहिबार

एमाले बैठक : ४ एजेण्डामा समूहगत छलफल आजदेखि

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा आजदेखि समूहगत छलफल हुँदैछ ।

बैठकमा मंगलबार विभिन्न प्रस्तावहरू पेश भएपछि बुधबारदेखि ती प्रस्तावहरूमाथि छलफल हुन लागेको हो । छलफलका लागि विभिन्न ९ वटा समूह बनाइएको छ ।

च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकमा बुधबार बिहान १० बजेबाट समूहगत छलफल सुरु हुने एमालेका प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार समूहगत छलफल मुलतः बैठकमा प्रस्तुत चार वटा कार्ययोजनामा केन्द्रीत हुनेछ । पार्टीको समग्र सांगठनिक कामको समीक्षा, पार्टीको शुद्धिकरण तथा सुदृढिकरण कार्यक्रमको अवधारणा, जनआधारित कार्यकर्ता पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबका विषय समसामयिक प्रस्तावहरू पेश भएका छन् ।

समूहगत छलफल र प्राप्त निष्कर्षहरूमाथि छलफल गरेपछि बैठक बिहीबार सम्पन्न गर्ने कार्यसूूची रहेको छ ।