२१ जेष्ठ २०८३, बिहिबार

प्रिमियर लिगमा सिटीको जित

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ ।

बुधबार बिहान सकिएको खेलमा सिटीले ब्रेन्टफोर्डलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

सिटीको जितमा एकमात्र निर्णायक गोल एर्लिङ हालान्डले गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा हालान्डले ७१ औं मिनेटमा गोलको खडेरी तोडेका थिए । उनले जुलियन अल्भारेजको पासमा गोल गरेका हुन् ।

जितसँगै सिटी २५ खेलबाट ५६ अंक बनाउँदै दोस्रो स्थानमा उक्लिएको छ । सिटी तेस्रो स्थानमा पुगेको आर्सनल भन्दा १ अंकले अगाडि रहेको छ ।

यसैगरी शीर्ष स्थानको लिभरपुल पनि १ अंकले अघि रहेको छ । शीर्ष तीनमा रहेका लिभरपुल, सिटी र आर्सनलको बीचमा कडा प्रतिस्पर्धा रहेको छ । प्रिमियर लिगमा अहिले २५ औं चरणको खेल जारी छ ।