१० असार २०८३, बुधबार

विश्वकप लिग–२ मा नेपाल र नामिबिया भिड्दै

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । आइसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज नामिबियासँग खेल्दै छ ।

त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र नामिबिया दोस्रो पटक आमने सामने हुन लागेका हुन् । यो खेल विहान साढे ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छ ।

नेपाल रोहित पौडेल तथा नामिबिया जेराल्ड इरास्मसको कप्तानीमा रहेको छ ।

पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । पहिला ब्याटिङ गरेको नेपाल १३२ रनमै अलआउट भएको थियो । त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गर्ने टोलीले हार्ने गरेकाले आजका खेलमा पनि टसको महत्वपूर्ण भूमिका हुने छ ।

टस जित्ने टोलीले पहिला फिल्डिङ रोज्दा हारेर ब्याटिङ गर्ने टोली समस्यामा पर्ने गरेको छ ।

नेपाल जारी सिरिजमा एकमा जित र एकमा हार व्यहोरेको छ । नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको थियो ।