७ असार २०८३, आइतबार

धम्क्याएर ५० लाख रकम माग्ने दुई जना पक्राउ

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन । धम्क्याएर रकम मागेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको टिकापुर घर भएका ३६ वर्षीय हृदयराज बोगटी उर्फ विश्वजित बटला र नुवाकोट घर भएका नरहरि ढुंगाना उर्फ रमेश छन् ।

आरोपीहरुको साथबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को रसिद बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कायालयका सूचना अधिकारी (एसपी) रविन्द्र रेग्मीले बताउनुभयो ।

उनीहरुले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट छुट्टिएर अर्को समूह बनाएको प्रहरीलाई बताएका छन् ।

आरोपीहरुले काठमाडौं उपत्यकामा पकट–पटक फोन गरेर धम्क्याएर ५० लाख रकम मागेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनीहरुलाई मच्छेगाउँबाट पक्राउ गरेर आपराधिक लाभ लिन नहुने कसुरमा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको एसपी रेग्मीले जानकारी दिनुभयो ।