८ असार २०८३, सोमबार

थापा नेपाली सेनाको रथीमा बढुवा

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ फागुन । नेपाली सेनाको रथीमा निर्मलकुमार थापा बढुवा हुनुभएको छ । उहाँलाई प्रधानसेनापति प्रभुराम शर्माले मंगलबार रथी दर्जाको दर्थ्यानी चिह्न प्रदान गर्नुभएको हो ।

थापालाई माघ २५ को मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको थियो ।

रथीमा बढुवा भएसँगै थापा बलाध्यक्ष विभागमा नियुक्त हुनुभएको छ । रथी थापा अब नेपाली सेनाका तेस्रो शक्तिशाली अधिकारी बन्नुभएको छ ।

प्रधानसेनापति शर्मापछि दोस्रो वरियतामा अर्का बलाधिकृत रथी अशोक सिग्देल हुनुहुन्छ ।

रथी थापा अहिले संयुक्त राष्ट्र संघको डिसइनगेजमेन्ट अब्जर्भर फोर्स (अनडफ) मिसनमा फोर्स कमान्डरको रुपमा कार्यरत हुनुहुन्छ ।

ललितपुरमा २०२४ सालमा जन्मिएका थापा २०४३ सालमा नेपाली सेनामा भर्ती हुनुभएको थियो ।