सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

प्रवासी नेपाली मञ्च अमेरिकाको दोस्रो साधारण सभाको तयारी तीव्र

दैनिक नेपाल २०८० फागुन ८ गते १९:५८

काठमाडौं, ८ फागुन । प्रवासी नेपाली मञ्च, अमेरिकाले आफ्नो दोस्रो साधारण सभाको तयारी तीव्र पारेको छ । अमेरिकाको २७ भन्दा बढी स्टेटमा आफ्ना राज्य कमिटीहरु पूर्णरूपमा चलायमान रहेको प्रवासी नेपाली मञ्च अमेरिकाले यस पटकको साधारण सभा व्यापक र भव्य बनाउन तयारीका साथ लागेको छ ।

मञ्चको दोस्रो साधारण सभा मे २५ र २६, २०२४ मा क्यालिफोर्नियाको लस एन्जेलस शहरमा भव्यताका साथ सम्पन्न गर्न प्रवासी नेपाली मञ्च अमेरिकाको पन्ध्रौं केन्द्रीय कमिटीको बैठकले निर्णय गरिसकेको छ ।

कार्यक्रमलाई सफल पार्नका लागि प्रवासी नेपाली मञ्च अमेरिकाका उपाध्यक्ष भीमप्रकाश ओलीको संयोजकत्वमा १९ सदस्यहरु रहेको एक मुल व्यवस्थापन कमिटी र प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका केन्द्रीय सदस्य राजेन्द्र शिवाकोटीको संयोजकत्वमा १३ सदस्यहरु भएको सल्लाहकार कमिटी बनाउने निर्णय गरिसकेको हो ।

सभाको कार्यक्रम अनुसार मे २५, २०२४ को बेलुका ५ बजे केन्द्रीय कमिटीको फिजिकल बैठक बस्ने र साधारण सभामा प्रस्तुत हुने सांगठानिक प्रतिवेदनमाथि छलफल हुनेछ । मे २६, २०२४ को बिहान ८ बजे क्यालिफोर्निया राज्यका सम्पूर्ण सदस्यहरुसँग बैठक गरी त्यहाँको राज्य कमिटीको गठन/पुनर्गठन गर्ने र त्यही दिन बिहान १० बजेदेखि साधारण सभा सुरु हुनेछ ।

उद्घाटन सत्रमा प्रवासी नेपाली मञ्च, अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा, सचिवालय सदस्य एवं अमेरिका महादेश ईन्चार्ज प्रभु थापा, अमेरिका महादेश अध्यक्ष ईश्वरी भट्ट लगायतका केन्द्रीय एवं स्थानीय विभिन्न संघसंस्थाका प्रमुख नेताहरू अतिथि रहनुहुनेछ ।

कार्यक्रममा डा. रूद्र अर्याल, डा. सतिस देवकोटा, डा. विजय पौडेल र ईन्जिनियर कुलमणि आचार्यले क्रमश: नेपाल जस्तो विकासोन्मुख देशमा वातावरणीय प्रभाव, नेपालको आर्थिक अवस्था र उपयुक्त विकासको मोडल, अमेरिकन राजनीति र नेपालमा अपनाउनु पर्ने रणनीति, अमेरीकन नेपालीहरूको अवस्था र लगानीका प्रमुख प्रभावकारी क्षेत्र सम्बन्धमा कार्यपत्र प्रस्तुत गरिने छ भने गैरआवासिय नेपाली नागरिकता, प्रवासबाट नेपालमा भोटिङ गर्ने व्यवस्था गर्ने सवालमा व्यापक छलफल गरिने बताइएको छ ।

बन्दसत्रमा प्रवासी नेपाली मञ्च अमेरिकाअन्तर्गत गठन भएका २७ राज्य कमिटीहरूले विगत वर्षमा सम्पन्न गरेका कार्यक्रमहरूको समीक्षा गरी आगामी वर्षमा गरिने कार्यक्रमहरूको योजना निर्माण गर्ने र घोषणा पत्र तयार गरी दोस्रो साधारण सभा सम्पन्न गरिने प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष कृष्णप्रसाद लामिछानेले दैनिक नेपाललाई जानकारी दिनुभयो ।

साधारण सभामा क्यालिफोर्निया राज्यमा रहेका सबै सदस्यहरू, सबै राज्य कमिटीका पदाधिकारीहरू, अमेरिकाको सल्लाहाकार कमिटी, बुद्धिजिवी कमिटी, विषय विज्ञ कमिटी, अमेरिका केन्द्रीय कमिटीका सबै सदस्यहरू, अमेरिका महादेश कमिटी, अन्तराष्ट्रिय कमिटी अन्तर्गत गठित सबै विभागका सदस्यहरू र अमेरिकाबाट अन्तराष्ट्रिय कमिटीमा रहनुभएका सबै नेताहरु गरी करिब ३०० जनाको सहभागीता हुने बताइएको छ ।

यस्तो छ प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो साधारण सभा मुल व्यवस्थापन कमिटी र सल्लाहाकार कमिटीको नामावली:

मुल व्यवस्थापन/तयारी कमिटी :

• संयोजक : भीम ओली
• उप-संयोजक : गोकर्ण दाहाल
• सदस्य : गोविन्द खनाल
• सदस्य : विजय भट्टराई
• सदस्य : भुवन अधिकारी
• सदस्य : मणि भण्डारी
• सदस्य : विजय बगाले
• सदस्य : संजय के. सी.
• सदस्य : शंकर लुंगेली
• सदस्य : दीपक पाण्डे
• सदस्य : दुर्गा आचार्य
• सदस्य : बिष्णु न्यौपाने
• सदस्य : तुलसी पौडेल
• सदस्य : कृष्ण गुरुंग
• सदस्य : प्रकाश खनाल
• सदस्य : विनोद भेटवाल
• सदस्य : चिरणजीबि गौतम
• सदस्य : राजु श्रेष्ठ
• सदस्य : गोविन्द अधिकारी

सल्लाहकार कमिटी :

• संयोजक : राजेन्द्र शिवाकोटी
• सदस्य : बलराम थापा
• सदस्य : बल राई
• सदस्य : राजकुमार धिमाल
• सदस्य : संगीता शिवाकोटी
• सदस्य : इश्वरी भट्टराई
• सदस्य : इश्वरी पाण्डे
• सदस्य : ओम संबाहम्पे
• सदस्य : विजय कटुवाल
• सदस्य : विद्रोह बिस्ट
• सदस्य : घन दवाडी
• सदस्य : मोहन ओली
• सदस्य : डोल्मा लामा

प्रतिक्रिया
सम्बन्धित