२० असार २०८३, शनिबार

बागमती गोल्डकप : त्रिभुवन आर्मी र एपीएफ भिड्दै

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, ८ फागुन । बागमती गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत् मंगलबार दोस्रो सेमिफाइनल खेल हुँदैछ ।

मकवानपुरको बागमती गाउँपालिका–८ स्थित जनता माविको खेल मैदानमा जारी प्रतियोगितामा फाइनल प्रवेशका लागि विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) क्लब खेल्दैछन् ।

दिउँसो १ बजे हुने खेलमा दुवै टोली जीत निकाल्ने योजनासहित मैदान उत्रने तयारी छन् ।

आर्मी यसअघि भएको क्वाटरफाइनल खेलमा आयोजक बागमती खेलकुद विकास समितिलाई र एपीएफ चर्च ब्वाइज युनाइटेडलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।