२४ जेष्ठ २०८३, आइतबार

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । फागुन १० गते बिहीबार बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बैठक बस्ने गरी बैठक बोलाइएको हो ।

प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिनुभयो ।

बैठकमा केन्द्रीय नेताहरुलाई जिम्मेवारी बाँडफाँट गर्नेलगायतका विषयमा पनि छलफल हुनेछ ।