
काठमाडौं, ८ फागुन । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र क्रिष्टल प्यालेसले अंक बाँडेका छन् ।
सोमबार राति भएको खेलमा दुवै टोलीले एक एक गोलको बराबरी खेल्दै एक एक अंक लिएका हुन् । एभर्टनको मैदानमा क्रिष्टलले सुरुआती अग्रता लिएको थियो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा क्रिष्टलले ६२ औं मिनेटमा अग्रता बनाएको हो । उसका जोर्डन आइयूले जिन माटेटाको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । तर, ८४ औं मिनेटमा ओमाडोउ ओनानाले डिवेट म्याकनेलको पासमा गोल गर्दै एभर्टनलाई बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीबाट थप गोल ननिस्किएपछि एक एक अंकमा चित्त बुझाए ।
बराबरीसँगै क्रिष्टल २५ खेलबाट २५ अंक बनाउँदै तालिकाको १५ औं स्थानमा छ भने एभर्टन समान खेलबाट २० अंक जोड्दै १७ औं स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत मंगलबार म्यानचेस्टर सिटी र ब्रेन्टफोर्ड आमने सामने हुने छन् । यो खेल नेपाली समय अनुसार राति सवा १ बजे सुरुहुने छ ।








प्रतिक्रिया