२८ जेष्ठ २०८३, बिहिबार

एमाले केन्द्रीय कमिटी बैठक आजबाट, यस्ता छन् कार्यसूची

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन । नेकपा (एमाले)को सातौँ केन्द्रीय कमिटी बैठक आजबाट सुरू हुँदैछ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने बैठक बिहान ११ बजेबाट सुरु हुनेछ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रीय कमिटी बैठकका लागि ६ वटा कार्यसूची तय गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नुहुनेछ ।

साथै बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुनेछ ।

यसैगरी, कार्यसूचीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबको एजेन्डाहरु तथा समसामयिक प्रस्ताव रहेको प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो ।

आजबाट सुरु हुने बैठक १० गतेसम्म जारी रहनेछ ।