२९ जेष्ठ २०८३, शुक्रबार

एनआरटीलाई हराउँदै मछिन्द्र बागमती गोल्डकपको फाइनलमा

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, ७ फागुन । मछिन्द्र फुटबल क्बल मकवानपुरको बागमतीगाउँपालिकामा जारी छैटौं संस्करणको बागमतीगोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।

बागमती–८ स्थित जनता माविको खेल मैदानमा सोमबार भएको पहिलो सेमीफाइनल खेलमा न्युरोड टिम (एनआरटी) लाई ५–१ गोलले हराउँदै मछिन्द्र फाइनलमा प्रवेश गरेको हो ।

मछिन्द्रको जीतमा हिसुव थपलिया र विदेशी खेलाडी स्टेफेन समीरले दुई–दुई तथा विमल घर्ती मगरले एक गोल गरे । खेलको नवौं मिनेटमा थपलियाकोे गोलमार्फत सुरुवाती अग्रता बनाएको मछिन्द्रका लागि स्टेफेनले १३ औं मिनेटमा र ४६ औँ मिनेटमा गोल गरे भने खेलको दोस्रो हाफको १४ औं मिनेटमा थपलियाले व्यक्तिगत दोस्रो गोल गरे । यस्तै घर्तीले ९१ औंमिनेटमा गोल गरे ।

एनआरटीका लागि खेलको दोस्रो हाफको १५ औं मिनेटमा विदेशी खेलाडी सेवेले गोल गरे पनि टिम हारबाट जोगिन सकेन । खेलको म्यानअफदीम्याच मछिन्द्रका थपलिया घोषितभए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।

यसअघि भएको क्वाटरफाइनल खेलमा सिमराको नव जनजागृति युवा क्लबलाई हराउँदै एनआरटी सेमीफाइनल आइपुगेको थियो । यस्तै जावलाखेल युथ क्बललाई हराउँदै मछिन्द्र सेमीफाइनलमा पुगेको थियो ।

फाइनल प्रवेश गरेको मछिन्द्र अब उपाधिका लागि विभागीय टोलीहरु त्रिभुवन आर्मी क्बल र सशस्त्रप्रहरी बल एपीएफबीचको विजेतासँग बिहीबार प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँप्राप्त गर्नेछन् ।