२४ जेष्ठ २०८३, आइतबार

महिलाको अश्लील भिडिओ खिचेको आरोपमा सशस्त्रका डिएसपी पक्राउ

5.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ फागुन । सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक पक्राउ परेका छन् । स्वयम्भू वृत्तले सशस्त्र प्रहरीका डिएसपी तुलसिंह केसीलाई शनिबार बेलुका पक्राउ गरेको हो ।

स्वयम्भूस्थित न्यू इमान पोइन्ट रेस्टुरेन्टको ट्वाइलेटमा महिलाको अश्लील भिडिओ खिचेको आरोपमा केसीलाई पक्राउ गरिएको वृत्तले जनाएको छ ।

केसीलाई वैयक्तिक गोपनीयतासम्बन्धी ऐनअनुसार आइतबार अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको एक अधिकृतले बताए । केसी पोखरास्थित ४ नम्बर बाहिनीमा कार्यरत रहेको बुझिएको छ ।

‘महिलाले जाहेरी दिएपछि केसीलाई अनुसन्धान सिलसिलामा पक्राउ गरिएको हो ।’ जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले भने ।