
काठमाडौं, ७ फागुन । प्रजातन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा पत्रकारलाई प्रवेश निषेध गरिएको छ ।
गृह मन्त्रालयले आयोजना गरेको दिवसको मूल समारोहमा भित्र छिर्न नदिइएपछि पत्रकारहरूले क्यामेरा डाउन गरेर गेटमा उभिएका छन् ।
सूचना तथा प्रशारण विभागले उपलब्ध गराएको प्रेस पासले पनि प्रवेश गर्न नदिएको भन्दै पत्रकारहरूले क्यामेरा डाउन गरेर विरोध जनाएका हुन् ।
प्रजातन्त्र दिवसको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत मन्त्रीहरू र उच्च पदस्थ सरकारी अधिकारी उपस्थित छन् ।









प्रतिक्रिया