
बैतडी, ७ फागुन । बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ।
जिल्लाको दशरथचन्द नगरवपालिका–४ जर्गका ३० वर्षिय विष्णु लोहारको मलेसियामा मृत्यु भएको हो । शुक्रबार राति कोठामा सुतेका उनी शनिबार बिहान मृत फेला परेका थिए।
आफन्तका अनुसार उनी मलेसियाको पेनाङ राज्यको जेसीवाइसी कम्पनीमा कार्यरत थिए । ६ वर्ष मलेसियामा काम गरेर घर आएका उनी यो वर्षको दशैँ मनाएर फेरि वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए ।
मलेसियामा ६ वर्ष कामगरेर गत असोज महिनामा घर फर्केका विष्णुलाई कम्पनीबाट कामको लागि खबर आएपछि आफ्नो व्रतवन्ध गरेर पुनः मलेसिया गएका थिए । अर्कोपटक घर आउदाँ बिहे गर्ने सोच बनाएर पैसा कमाउन वैदेशिक रोजगारिमा गएका विष्णु उतै वितेका छन् ।
उनको मृत्युको कारण खुल्न सकेको छैन् । विष्णुको शव नेपाल ल्याउन अहिले पहल भइरहेको आफन्त एवं दशरथचन्द नगरपालिका–४ का वडासदस्य देवराम लोहारले बताउनुभयो ।









प्रतिक्रिया