१६ असार २०८३, मंगलबार

१२ वर्षीया बालिका बलात्कृत, ६० वर्षीय वृद्ध पक्राउ

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुलीकोट, ७ फागुन । गोरखाबाट प्रहरीले बलात्कार आरोपमा ६० वर्षीय वृद्धलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बारपाक सुलीकोट गाउँपालिका–४ सौरपानी घुनचोकका ६० वर्षीय वृद्ध बुद्धिमान बिक रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार २०८० फागुन २ गते बेलुका ८ बजेको समयमा नाम परिवर्तित १२ वर्षीय नाबालिका भकुमारीलाई घरमा कोही नभएको मौका छोपी डर धम्की र त्रासमा पारी बलात्कार गरेको पीडितका बाबुले बताउनुभयो ।

बुवाको जाहेरीपछि बलात्कार आरोपी विकलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

पक्राउ परेलगत्तै आइतबार जबरजस्ती करणी कसुर शीर्षकमा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालत गोरखाबाट हिरासतमा राखी ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।