२५ असार २०८३, बिहिबार

पोर्चुगल पठाइदिन्छु भन्दै ८ लाख ठगी गर्ने व्यक्ति पक्राउ

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ फागुन । पोर्चुगल पठाइदिने प्रलोभनमा पारेर ८ लाख ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले चितवनको खैरेनी नगरपालिका–२ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोट २६ वर्षीय समिरकुमार कर्णलाई पक्राउ गरेको हो ।

उनले सम्पूर्ण तामाङलाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने प्रलोभनमा पारेर मासिक १ लाख ५० हजार रुपैयाँ तलब हुने भनी पटक–पटक गरी जम्मा ८ लाख ३० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएर ठगी गरेका थिए ।

ठगीको उजुरीपछि कार्यालयबाट खटिएको प्रहरी टोलीले उनको खोजतलास गर्ने क्रममा काठमाडौं महानगरपालिका–३१ बानेश्चर पानीट्यांकीबाट पक्राउ गरेको छ ।

थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिनुभयो ।