८ असार २०८३, सोमबार

मन्त्री ज्वालालाई पदबाट हटाउन राप्रपाको माग

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई पदबाट हटाउन माग गरेको छ ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपाका सांसद दीपकबहादुर सिंहले सरकारद्वारा गठित छानबिन समितिले बुझाएको प्रतिवेदनले बालकुमारी घटनामा मन्त्री ज्वालालाई दोषी देखिएकाले उहाँलाई पदबाट हटाउन माग गर्नुभएको हो ।

उहाँले देशमा न्याय मरिसकेको टिप्पणी गर्नुहुँदै मन्त्री ज्वालालाई पदबाट हटाउन माग गर्नुभएको थियो ।

यसअघि बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले बालकुमारी घटनामा दोषी देखिएका मन्त्री ज्वालालाई बर्खास्त गर्न माग गर्नुभएको थियो ।